रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ स्थित श्री शिव आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले संयुक्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्। गत भदौ महिनामा चीनतर्फबाट आएको भीषण बाढीका कारण प्रभावित बनेका नागरिकहरूको उद्धार, राहत तथा पुनस्थापनाका लागि विद्यालय परिवारको तर्फबाट रु २२ हजार ६ सय ९० आर्थिक सहयोग…