सुबर्ण श्रेष्ठ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं १९ स्थित बस्तिपुरमा आज बिहान करिब ७:१० बजे राप्ती नदीले बगाएर एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर ले जानकारी दिएको छ।
प्रहरीका अनुसार बिहान ७:१० बजे राप्ती नदीले मान्छे बगाएको सूचना प्राप्त हुने बित्तिकै खोजतलास गर्दा बस्तिपुरको राप्ती नदी पुलबाट करिब ५०० मिटर तल नदीको बिचमा ढुंगा र काठको बिचमा एक वृद्धा मृत अवस्थामा फेला परेका हो।
प्रहरीले मृतक मकवानपुर जिल्ला मनहरी गाउँ पालिका वडा नं ४ हांडीखोला मसिने बस्ने वर्ष ७० को बल बहादुर रुम्बा रहेको र घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।










प्रतिक्रिया दिनुहोस्