काठमाडौं । काठमाडौँमा आगामी साउन १ गतेदेखि प्लास्टिकको प्रयोग गर्न नपाइने भएको छ । महानगरपालिकाले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा साउन १ गतेदेखि प्लास्टिक प्रयोगमा निषेध गर्ने घोषणा गरिएको हो । मेयर बालेन्द्र साहले बुधबार प्रस्तुन गर्नुभएको कार्यक्रममा एक पटक मात्रै प्रयोग हुने प्लास्टिकलाई निषेध गर्ने उल्लेख छ । प्लास्टिकका फूललगायतका एक पटक…