काठमाडौं । धादिङमा बुधबार मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक ३ वटा सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालका अनुसार धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख ८३९५…