नरेन्द्र मानन्धर काठमाडौं । करिब १४ सय वर्ष पुरानो अंशुवर्माकालिन अभिलेख सुरक्षित अवस्थामा पाइएको छ । काठमाडौंको वडा नं १९ स्थित लिच्छवीकालिन चसान हितिमा सो अभिलेख पाइएको हो । अभिलेखमा “सारा प्राणीले बुद्धत्व प्राप्त गरोस् भन्ने कामना सहित भगवान अवलोकितेश्वरको नित्य पुजाको व्यवस्थाका लागि २ मानिका र आर्य संघ भिक्षुहरुको भोजनका लागि ५ मानिका भूमिखेतको…