काठमाडौं। देशमा लोडसेडिङ अन्त्य गरेर ख्याति कमाउनुभएका ऊर्जा, जलस्राेत तथा सिंचाईमन्त्री कुलमान घिसिङ पछिल्लो समय एकपछि अर्को प्रकरणमा विवादमा तानिन थाल्नुभएकाे छ। विशेषगरी अन्तरिम सरकारमा मन्त्री भएपछि घिसिङ विवादमा पर्ने क्रम झन् बढेको हाे। पछिल्लो पटक नेपाल विद्युत प्राधिकरण र भारतीय कम्पनीबीच विद्युत खरिदमा भएको सम्झौतामा देशलाई ४३ करोड नोक्सानी हुने अवस्था रहेको र त्यसमा…