Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


एमालेको महाधिवेशनका कारण नागढुंगा-मलेखु सडक आज र भाेलि खुला


195
Shares

काठमाडाैं। नागढुंगा-मलेखु सडकखण्ड शुक्रबार र शनिबारका लागि खुला गरिएको छ।

तर यसअघि भने नागढुंगा-मलेखु सडकखण्ड दैनिक ५ घण्टा आंशिक बन्द गरेर स्तरोन्नति गरिएकाे थियाे।नेकपा एमालेको ११औं केन्द्रीय महाधिवेशन उद्‌घाटन सत्रलाई ख्याल गर्दै सोही सडकमा आवत-जावत नरोकिएको हो ।

नागढुंगा-मलेखु सडक आयोजनाले यहि मंसिर २४ गतेदेखि आंशिक बन्द गरेर काम गरिरहेको छ। दुई दिनका लागि बन्द सडक बन्द नगरिने आयोजनाले जनाएको हाे। त्यसपछि भने कार्यतालिका अनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने आयोजनाले बताएकाे छ।