काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवलोकन गर्नुभएको छ । मंगलबार दिउँसो राष्ट्रपति पौडेलले इन्द्रजात्राको अवलोकन गर्नुका साथै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गर्नुभएको हो । राष्ट्रपति पौडेलको साथमा जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत मन्त्री, सांसद, प्रदेश…