काठमाडौं । काठमाडौंको बसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरूको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको अवसरमा ५०१ कुमारीको पूजा गरिएको छ । नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । इन्द्रजात्रा सुरु भएसँगै बसन्तपुरमा विभिन्न पूजा हुने गर्छन् । पूजाहरूमध्ये सामूहिक कुमारी पूजा पनि एक महत्त्वपूर्ण पूजा मानिन्छ…