
काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुषालले प्रतिपक्ष दलहरुको मागका कारण सरकारले संसद अधिवेशन आह्वान गरेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद भुषालले सरकार अधिवेशन बोलाउनबाट पछि हटिरहेको समयमा प्रतिपक्षले संसद अधिवेशन नबोलाए विशेष अधिवशेनको माग गर्ने चेतावनीपछि संसद अधिवशेन बोलाइएको बताउनुभयो । उहाँले आगामी अधिवेशन सयममा संसद बोलाउन आफूहरुको माग रहेको बताउनुभयो । संसद प्रतिपक्षको हो भन्नेकुराको पुष्टि पुनः भएको पनि बताउनुभयो ।
सांसद भुषालले सरकारले अधिवेशन आह्वन गर्नु भन्दा ४ दिनअघि मात्रै अध्यादेश ल्याएको भन्दै विरोध जनाउनुभयो । उहाँले अध्यादेश जनताको पक्षमा नरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्