काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको सुरक्षा तैनाथी बढाएको छ । सरकारले दर्ता नभएका फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि आइतबार मन्त्री गुरुङको सुरक्षा तैनाथी बढाएको हाे। सम्भावित घटना हुन नदिनका लागि मन्त्री गुरुङको सुरक्षा तैनाथी बढाइएको जनाइएकाे छ ।