Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


३ सय ४२ जना फरार प्रतिवादी पक्राउ


364
Shares

काठमाडाैं। कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३ सय ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएकाे छ।

जिल्ला अदालत कैलालीले विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी फरार प्रतिवादी पक्राउ गरिएकाे हाे। अदालतले गरेको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई लक्षित गरेर कार्यालयले यो ‘सर्च तथा स्विप अपरेशन’ सञ्चालन गरिरहेको छ। प्रहरीले विभिन्न ठाउँबाट पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालत समक्ष पेश गरिएको बताएकाे छ।

फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र मातहतका मालाखेती, भजनी, टीकापुर, सडकपुर, लम्की, सुखड र चिसापानीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएका छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो । पक्राउ पर्नेमा लागूऔषध, बहुविवाह र बैंकिङ कसुर जस्ता मुद्दाका प्रतिवादी रहेकाे प्रहरीले बताएकाे हाे।