काठमाडौँ । अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू समस्यामा परेका छन्। लगातार वर्षासँगै कोठाभित्र घुँडाभन्दा माथिसम्म पानी जम्दा उनीहरूको लत्ताकपडा, खाद्यान्न र अन्य आवश्यक सामान डुबेका छन्। केहीले औषधिसमेत सुरक्षित राख्न नपाएको बताएका छन्। आश्रित गिर्वाणिका थापाका अनुसार पानी बढेकाले सामान सार्ने…