Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


सुर्यपुर एफसी हानामी तेस्रो चितवन गोल्डकप फुटबलको फाइनलमा प्रवेश


0
Shares

चितवन । सुर्यपुर एफसी तेस्रो चितवन गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज (बिहीबार) भएको दोस्रो सेमिफाइनलमा पेनांग मलेसियालाइ हराउँदै सुर्यपुर फाइनलमा प्रवेश गरेको हो ।बिहीबार भएको पहिलो सेमिफाइनलमा देवदह ब्वाईज रुपन्देहीलाई हराउँदै बिएफसी चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।

बिएफसीको जितमा मुकुन्द निउरेले गरेको एकमात्र गोल निर्णायक बनेको थियो । बिएफसीका गोलकिपर दीप कार्की प्लेयर अफ दि म्याच बनेका छन् ।

चितवन गोल्डकपको उपाधिका लागी शनिबार भरतपुर र सुर्यपुर भिड्नेछन् । ८ टोली सहभागी प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।