काठमाडाैं । रसुवाकाे भोटेकोशी नदीमा आएकाे बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ३ जना पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा ३ सय ६४, नवलपरासी पूर्वमा २ सय ३२, नवलपरासी पश्चिममा २ सय २२, नुवाकोटमा २ सय २, रसुवामा १ सय ९३, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ शव फेला परेको हाे ।
प्राधिकरणले उपचारका क्रममा काठमाडाैंमा दुई जनाको ज्यान गएको जनाएको छ। हालसम्म फेला परेका शवमध्ये १ सय ५ जनाको सनाखत भइसकेको छ। बाँकी शवको भने पहिचानका लागि ‘डिएनए’ परीक्षण लगायत प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको हाे।
प्राधिकरणले ६ हजार १ सय ५० जना अझै सम्पर्कविहीन रहेकाे जानकारी दिएकाे छ। प्राधिकरणका अनुसार बाढीपछि अहिलेसम्म १३ हजार ७ सय ४२ जनाको उद्धार गरिएको हाे। प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १ सय ५० जना परामर्शदाता परिचालन गरिएको छ ।
प्राधिकरणले सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको जनाएको हाे।









प्रतिक्रिया दिनुहोस्