काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन प्रक्रिया सुरु गरेको छ।
उम्मेदवार छनोटसम्बन्धी रूपरेखा कार्यान्वयन र समन्वय गर्न गठित समितिको बैठकले विभिन्न उपसमिति गठन गर्दै आवेदन खुला गर्ने निर्णय गरेको हो।
पार्टीका महामन्त्री एवं समितिका संयोजक विपिनकुमार आचार्यको अध्यक्षतामा काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन विभिन्न जिम्मेवारीसमेत बाँडफाँट गरेको छ।
बैठकले क्यान्डिडेट क्लबको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिएको छ। त्यस्तै, प्रविधितर्फ सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा। तोसिमा कार्की र क्षमता विकास समन्वयमा टासी ल्हाजोमलाई जिम्मेवारी तोकिएको छ।
यसैगरी, व्यवस्थापनको जिम्मेवारी रहबर अन्सारी र प्रचारप्रसारको जिम्मेवारी मिलन लिम्बूलाई दिइएको छ।










प्रतिक्रिया दिनुहोस्