Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


पाकिस्तानमा हिंसा भड्काएको आराेपमा एक वरिष्ठ धर्मगुरूलाई ३५ वर्ष जेल सजाय


936
Shares

एजेन्सी। पाकिस्तानमा एक आतंकवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ।

साेही सजाय एक वर्ष भन्दा बढी समयअघि देशका तत्कालीन प्रधानन्यायाधीशको हत्याका लागि सार्वजनिक रूपमा आह्वान गरेको घटनासँग सम्बन्धित रहेको अदालतका अधिकारीहरू तथा प्रतिरक्षा पक्षका वकिलले मंलबार जानकारी दिएका हुन् । प्रतिबन्धित तहरीक–ए–लब्बैक पाकिस्तान (टिएलपी) पार्टीका नेता जहीरुल हसन शाहलाई गत वर्ष पक्राउ गरिएको थियो । शाहमाथि सामाजिक सञ्जालमा एक भिडियो प्रसारित गरेको आरोप लागेको थियो ।

जसमा तत्कालीन प्रधानन्यायाधीश काजी फैज इसाको टाउको काट्ने जो कोहीलाई पनि १ करोड पाकिस्तानी रुपैयाँ (करिब ३६ हजार अमेरिकी डलर) इनाम दिने घोषणा गरिएको थियो।