काठमाडौं । विज्ञहरुले जलवायु परिवर्तनको क्षति न्युनिकरणका लागि प्रकृतिमा आधारित समाधान (नेचरबेस सोलुशन)मा जान जोड दिएका छन् । शुक्रबार ललितपुरमा आयोजित जलवायु परिवर्तनको क्षति न्युनिकरणका लागि प्रकृतिमा आधारित समाधान राष्ट्रिय स्तरको गोष्ठीमा बोल्दै विज्ञहरुले यस्तो धारणा राखेका हुन् । उनीहरुले नेपालले पनि जलवायुजन्य विपद् न्युनिकरणका लागि प्रकृतिमा आधारित समाधानको योजना बनाउन आवश्यक रहेको बताए ।…