Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


ओखलढुंगामा पहिरोमा परेर एकजनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा मंगलबार राति पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ५ शेर्नाको थुम्कीमा अविरल वर्षासँगै झरेको पहिरोले घर बगाउँदा ३५ वर्षीय देवकुमारी खत्रीको मृत्यु भएको हो । पहिरोमा परेर एकै परिवारका अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा मृतकका श्रीमान बाबुराम खत्री र छोरी मेनुका खत्री रहेका…