काठमाडौँ । आज दशैंको सातौँ दिन अर्थात फुलपाती विभिन्न शक्तिपीठ, दशैंघर, कोत तथा घरहरुमा फूलपाती भित्र्याइँदै छ । आज नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । घटस्थापनाको दिन दुर्गालाई आह्वान गरेर विधिपूर्वक पूजा गरेको स्थानमा उखु, अशोकको फुल, हलेदो, धानको बाला, बेलपत्र, केराको बोट, दारिम, जयन्ती लगायतका पालुवा–फुलपाती भित्र्याउने गरिन्छ ।…