काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । शुक्रबार रातिदेखिको वर्षाका कारण आएको बाढी पहिरो जस्ता विपद्जन्य घटनामा परेर तीन जना बेपत्ता भएका छन् भने १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बाढी, पहिरो तथा विपद्जन्य घटनामा…