८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित


2.262k
Shares

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ ।

शुक्रबार रातिदेखि नै अविरल वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकाका वागमती, विष्णुमती नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरुलाई शतर्कत रहन आग्रह गरिएको छ । ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्बासी बस्तीमा बाढीका जनजीवन प्रभावित भएको छ । साथै नदी छेउका सडकहरु डुबानमा परेका छन् ।

मनसुनी वायुको प्रभावले देशभर अहिले पूर्णतया बदली रही वर्षा भइरहेको छ । वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ । यी प्रदेश भएर बहने नदीहरूमा जल सतह बढ्नुको साथै विभिन्न स्थानमा पहिरो जाँदा सडकहरू अवरुद्ध भएका छन् ।