Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


कांग्रेसका पूर्वसभापति देउवालाई पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्न उपसभापति शर्माकाे आग्रह

युवा नेतृत्वलाई स्वीकार गर्न नसक्नुले पार्टीभित्र गम्भीर प्रश्न उब्जाउने ठहर

312
Shares

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उपसभापति शर्माले परिवर्तन र युवा सहभागितालाई विधि तथा पद्धति अनुसार अगाडि बढाउनुपर्ने बताउनुभएको हो । पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई स्वागत गर्नुभएकाे छ।

उपसभापति शर्माले देउवाबाट सबै पक्षलाई समेट्ने र एकताको सन्देश प्रवाह हुने अपेक्षा गरिएको बताउनुभयो । पूर्वसभापति देउवाले आफ्नो लिखित अभिव्यक्तिमा परिवर्तनलाई आत्मसात गर्ने र युवालाई अगाडि बढाउने प्रतिवद्धता जनाएको सन्दर्भ उल्लेख गर्दै उपसभापति शर्माले उक्त विचारलाई अहिलेको सम्मेलनको केन्द्रमा राखिनुपर्ने बताउनुभएकाे छ।

उपसभापति शर्माले विधि र पद्धतिबाट आएको युवा नेतृत्वलाई स्वीकार गर्न नसक्नुले पार्टीभित्र गम्भीर प्रश्न उब्जाउने बताउनुभयाे। उहाँले देशको कार्यकारी प्रमुखका रूपमा युवालाई स्वीकार्न सक्नेले पार्टीको नेतृत्वमा पनि सोही उमेर समूहका व्यक्तिलाई स्वीकार गर्न उदार हृदय राख्नुपर्ने आवश्यकता रहेको बताउनुभएकाे छ।