२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च, ४८ ढोका खोलिए


1.027k
Shares

धरान । सप्तकोशीमा पानीको बहाब यो बर्षकै उच्च भएको छ । पुर्बी पहाडी जिल्लाहरुमा लगातार परेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको हो ।

आइतबार बिहान सप्तकोशीमा पानीको बहाब प्रति सेकेन्ड ३ लाख ४९ हजार ४ सय क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नबिनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

सप्तकोशीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४८ वटा मात्र ढोका खोलिएका छन् । सप्तकोशी नदिमा प्रति सेकेन्ड एकलाख ५० हजार क्युसेक पानीको बहाब पुगेपछि खतरा मानिन्छ ।


सप्तकोशीमा पानीको बहब उच्च हुँदा समेत कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोशीले बराहक्षेत्र नगरपालिकाको श्रीलंका टापु, प्रकाशपुर र महेन्द्रनगर, मधुवनलगायतका स्थानमा कटान सुरु गरेको छ ।

सप्तकोशीको बाढीबाट हुने क्षतिलाई नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली सप्तकोशी आसपासका क्षेत्रमा परिचालन गरिएको छ ।