काठमाडौं, असोज १४ । राष्ट्रिय मानवअधिकार आयोगले देशका विभिन्न ८७ वटा वृद्धाश्रममा एक हजार ५७७ जना ज्येष्ठ नागरिक रहेको जनाएको छ । उनीहरुले खान, बस्न र लगाउने सुविधा राम्रै पाए पनि उपयुक्त स्वास्थ्य सेवा भने नपाएको पनि आयोगले जनाएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको पूर्व सन्ध्यामा ज्येष्ठ नागरिकको मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि…