काठमाडौं, असोज १४ । राष्ट्रिय मानवअधिकार आयोगले देशका विभिन्न ८७ वटा वृद्धाश्रममा एक हजार ५७७ जना ज्येष्ठ नागरिक रहेको जनाएको छ । उनीहरुले खान, बस्न र लगाउने सुविधा राम्रै पाए पनि उपयुक्त स्वास्थ्य सेवा भने नपाएको पनि आयोगले जनाएको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको पूर्व सन्ध्यामा ज्येष्ठ नागरिकको मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि गरिएको अध्ययनको मध्यावधि प्रतिवेदन सार्वजनिक गर्दै आयोगले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । केही वृद्धाश्रमहरु सुधारोन्मुख र ज्येष्ठ नागरिकमैत्री भए पनि अधिकांश वृद्धाश्रमले सन्तोषजनक सुविधा दिन नसकेको प्रतिवेदन मा उल्लेख छ ।
शारीरिक रुपमा अशक्त र दीर्घ रोगी ज्येष्ठ नागरिकहरुको उपचारको प्रबन्ध सन्तोषजनक नरहेको ठहर गर्दै आयोगले वृद्धाश्रमहरुलाई सेवासुविधा र भौतिक संरचनाको आधारमा वर्गीकरण गरी अनुदान दिने व्यवस्था मिलाउन पर्ने र अनुकूलता हेरी गाभ्नुपर्ने सुझाव पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस्