काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त गर्नुभएको छ । न्याय परिषद्ले सिफारिस गरी संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेका तीन जनालाई पौडेलले सोमबार न्यायाधीशमा नियुक्त गर्नुभएको हो । सर्वोच्चको न्यायाधीश नियुक्त हुनेहरुमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्ति…