Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौती गरेकाेप्रति उपसभामुख रानाकाे आपत्ति


533
Shares

काठमाडाैं। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले संघीय संसद सचिवालयको खर्च कटौती गरेको भन्दै आपत्ति जनाउनुभएको छ।

काठमाडौंमा आइतबार संसद सेवा दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे आपत्ति जनाउनुभएकाे हाे। उहाँले खर्च कटौति गरेर मुलुक बन्दैन भन्ने कुरा सरकारलाई थाहा हुनुपर्ने समेत बताउनुभयो। उपसभामुख रानाले सरकारले भ्रष्टाचार अन्त्य गरेर मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्नेमा खर्च कटौती गरेर गल्ती गरेको बताउनुभएकाे छ।

संसद सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण र तालिम लगायतका काम गर्न पनि सरकारले नदिने अवस्था आएको बताउदै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। उपसभामुख रानाले सरकारले व्यवस्थापिकालाई निचोर्ने काम मात्रै गरिरहेको आफूलाई अनुभूति हुने गरेको समेत बताउनुभयो।

Skip This