काठमाडौं, साउन २५ । दुबईको अदालतद्वारा मृत्युदन्डको सजाय सुनाइएका दार्चुलाका अमरबहादुर बमका बाबुले छोराको जीवनरक्षाको पहल गरिदिन बिलौना गर्दै प्रधानमन्त्री कार्यालय सिंहदरबारतिर भौंतारिएको एक साता भइसकेको छ । सुन्धाराको एक होटलमा दिनको १५ सय रुपैयाँ खर्च गरेर बस्दै आएका ६९ वर्षीय कर्णबहादुर बमले एक हप्ता बितिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एउटा ज्ञापनपत्र बुझाउने…