काठमाडौं, फागुन २९ । निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन)को अध्यक्षमा टीकाराम पुरी निर्वाचन भएका छन् । मंगलबारदेखि काठमाडौंमा सुरु भएको १४औं महाधिवेशनले पुरीलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो । अध्यक्षमा टीकाराम पुरी र डीके ढुंगानाले मनोनयन दर्ता गराएकामा पूर्वअध्यक्षहरुको पहलमा पुरी अध्यक्ष र डीके ढुंगानालाई सहअध्यक्ष चयन गरिएको हो । यस्तै, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र…