नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोटको जयश्री पुलमा फेला परेको शंकास्पद बस्तुलाई सेनाले हटाएको छ । गएराति ११ बजे ब्यस्त राजमार्गमा उक्त शंकास्पद वस्तु राखिएको हो । यता, विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव नवलपुरमा पनि परेको छ । बन्दका कारण विहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् ।…