दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, मंसिर २० । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्यायको माग गर्दै कन्चनपुरमा प्रदर्शन गरिएको छ । नागरिक संघर्ष समितिले घोषणा गरेको चारदिने विरोध कार्यक्रमअन्तर्गत् बिहीबार महेन्द्रनगरमा मानवसाङ्लो बनाएर विरोध प्रदर्शन गरिएको हो । चोक–चोकबाट सुरु गरिएको मानवसाङ्लोसहितको प्रदर्शन पछि गएर र्यालीमा परिणत भएको थियो । प्रदर्शनमा विद्यालय,…