काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख बनाउन नमानेको आरोप लगाउदै महिला प्राध्यापक र विद्यार्थीहरुले आज बागबजारस्थित पद्मकन्या क्याम्पसमा नारावाजी गर्दै धर्ना दिएका छन् । गत फागुन २७ गते उपकुलपति कार्यालयमा, २८ गते पदमकन्या क्याम्पस प्रमुख, २९ गते प्रशासन र ३० गते त्रिविका शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी…