Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


भरतपुरको सडकमा फेला परेको शंकास्पद बस्तु सेनाद्वारा निष्कृय

चितवन, साउन २९ । चितवनको भरतपुरस्थित रिजाल चोकमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले निष्कृय तुल्याएको छ । बिहान ९ः१५ मा सडकमा भेटिएको शंकास्पद बस्तु सेनाको टोलीले निष्कृय तुल्याएको हो । थर्मसमा बिस्फोटक पदार्थ भरेर सर्वसाधारणलाई आतंकित तुल्याउने उद्देश्यले राखेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।