चितवन, पुस १७ । चितवन राष्ट्रिय निकुञ्जलाई मंगलबारदेखि प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ । अंग्रेजी नयाँवर्षको सुरुआतको अवसरमा सौराहामा एक कार्यक्रमबीच निकुञ्जलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो । प्लास्टिकमुक्त अभियानसँगै निकुञ्जभित्र प्लास्टिकका झोला, बोतल लगेमा फर्कंदा फिर्ता ल्याउनुपर्ने र अरु प्लास्टिकजन्य वस्तु तोकिएको स्थानमा राख्नुपर्ने भएको छ ।