काठमाडौं, चैत २९ । निजी शैक्षिक संस्थाले मनोमानीरुपमा लिइरहेको चर्को शुल्क बन्द गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई शुक्रबार ज्ञापनपत्र बुझाइएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का प्रतिनिधिले शुक्रबार शिक्षा मन्त्रालयमा मन्त्री पोखरेललाई भेट गरी चर्को शुल्क बन्द गर्न माग गरेका हुन् । अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका कार्यवाहक अध्यक्ष सुरेन्द्र…