तौलिहवा, वैशाख २० । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् कपिलवस्तुको शिवराज नगरपालिकाको कैलाखोलानजिकै शुक्रबार बिहान कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । दाङबाट कपिलवस्तुको चन्द्रौटातर्फ जाँदै गरेको बा१४च ८४४५ नम्बरको कार दुर्घटना हुँदा कारमा सवार रामपुर–६, दाङका ४७ वर्षीय तीर्थ आचार्यको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक बाबुराजा पन्तले…