Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


‘हाइ भोल्टेज’का कारण करेन्ट लागेर एक जनाको मृत्यु, पाँच जना घाइते


0
Shares

संखुवासभा, वैशाख १९ । घरमा जडान भएको विद्युत बाल्ने क्रममा तथा मोबाइल चार्ज गर्ने क्रममा विद्युतको झट्का लागेर संखुवासाभामा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

बुधवार बेलुका साढे ७ बजेको समयमा संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्वाचीमा आफ्नै घरमा उनीहरुलाई करेन्ट लागेको हो । 

विद्युत बाल्ने क्रममा तथा मोवाइल चार्ज गर्ने क्रममा अचानक भोल्टेज धेरै आई करेन्ट लाग्दा स्थानीय २३ वर्षीय भुपाल विक, ३६ वर्षीया तारा विक, वर्ष १४ की मन्जु विक, वर्ष ६५ की भगवती विक, वर्ष ६० को कुलबहादुर विक र वर्ष ५६ को धनमान वनेम घाईते भएका थिए ।

घाईतेमध्ये भुपाल, तारा, मन्जु र भगवतीलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाईएकोमा उपचारको क्रममा भुपालको राति १० बजे सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

अन्य घाईतेहरुको उक्त अस्पतालमा उपचार भईरहेको छ भने कुल बहादुर र धनमान वनेमको बाह्रबिसे मेडिकल हल सभापोखरीमा उपचार भईरहेको छ ।