वीरगन्ज । नेपालमा चिनियाँ गतिविधि बढेको भन्दै भारतीय बुद्धिजीवीहरुले चिन्ता व्यक्त गरेका छन् । बिहारको मुजफ्फरपुरमा आयोजित ‘भारतीय सुरक्षाको परिप्रेक्ष्यमा नेपाल–भारत सम्बन्ध’ विषयक गोष्ठीमा सहभागी भारतीय राजनीतिज्ञ तथा बुद्धिजिवीहरुले पछिल्लो समयमा नेपालमा बढेको चिनियाँ गतिविधिप्रति चिन्ता व्यक्त गरेका हुन् । राष्ट्रिय सुरक्षा जागरण मञ्चले गरेको कार्यक्रममा विश्वविद्यालयका प्रध्यापकहरुले नेपालमा चिनियाँ गतिविधी गुणात्मक रुपमा बढ्दै गएकाले…