प्रतीकात्मक तस्वीर
रामेछाप, असोज २१ । जिल्ला कारागार कार्यालय रामेछापमा कैद भुक्तान गरिरहेका एक पुरुष कैदीको मृत्यु भएको छ ।
लागुऔषध मुद्दामा ६ वर्षको कैदी जीवन बिताइरहेका रुपन्देही जिल्ला साविकको वनकट्टी गाविस–९ का ३९ वर्षीय सुशील श्रेष्ठको मृत्यु भएको हो ।
पानी पिउँदा सर्केर कारागारभित्र नै ढलेका कैदी श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पताल रामेछापमा आज मृत्यु भएको जिल्ला कारागार कार्यालय रामेछापका निमित्त प्रमुख प्रमोद अधिकारीले जानकारी दिए ।
२०६९ चैत्र १२ गते कैद परेका सुशील श्रेष्ठलाई २०७३ माघ १३ गते रुपन्देही जिल्लाबाट रामेछाप कारागारमा सारिएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस्