सुन्दरकुमार थकाली (इमेज) मुस्ताङ, साउन ३१ । कालिगन्डकी करिडोरको बेनी–जोमसोम सडकखन्डमा नदी कटान र पहिरोले गत सोमबारदेखि सडक अवरुद्ध हुँदा मुस्ताङ जाने यात्रीहरु समस्यामा परेका छन् । लगातारको वर्षा र नदीको उच्च बहावका कारण जोमसोमदेखि बेनीसमम्मको बाटोमा ठाउँठाउँमा पहिरो गएपछि यात्रीहरु समस्यामा परेका हुन् । कतिपय ठाउँमा पहिरो गएको र कुनै ठाउँमा सडक नै बगाएका…