बिर्तामोड, भदौ ११ । झापामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । अरु चारजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् झिलझिलेमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कारपियो जीप अनियन्त्रित भइ सडकमा नै पल्टँदा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्कीको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका कार्कीको…