सर्लाही, साउन १९ । सर्लाहीको कर्मैयास्थित वागमती नदीमा साउनको सोमबारका लागि शिव मन्दिरमा चढाउने जल लिन जाने भक्तजनको घुइँचो लागेको छ । पवित्र नदीको जल चढाए मनले चिताएको कुरा पूरा हुने विश्वासका साथ नदीबाट जल ल्याएर शिवालयमा चढाउनका लागि महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्साका साथै छिमेकी मुलुक भारतका भक्तजनको भीड लागेको हो । सर्लाहीसँग…