Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


शिवालयमा जल चढाउने भक्तजनको घुइँचो


0
Shares

सर्लाही, साउन १९ । सर्लाहीको कर्मैयास्थित वागमती नदीमा साउनको सोमबारका लागि शिव मन्दिरमा चढाउने जल लिन जाने भक्तजनको घुइँचो लागेको छ ।

पवित्र नदीको जल चढाए मनले चिताएको कुरा पूरा हुने विश्वासका साथ नदीबाट जल ल्याएर शिवालयमा चढाउनका लागि महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्साका साथै छिमेकी मुलुक भारतका भक्तजनको भीड लागेको हो ।

सर्लाहीसँग सिमाना जोडिएको र हिन्दु बाहुल्य क्षेत्र भएकाले भारतको सीतामढी जिल्लाका हजारौँ भक्तजन जल लिन सर्लाहीको बागमती आउने गर्दछन् । उनीहरूले बागमतीबाट लिएको जल बिहारको सीतामढीस्थित मढिया मन्दिरमा गएर चढाउने गरेका छन् ।

मढिया मन्दिरमा सोमबार जल चढाइने हुँदा साउन महिनाको हरेक आइतबार बागमती नदीमा हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ ।