Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


गोली लागेर युवकको ज्यान गयो


0
Shares

डोटी । गोली लागेर डोटीमा शनिबार राति एक युवकको ज्यान गएको छ ।

जिल्लाको आदर्श गाउँपालिका–५ लामीखाल तल्लो ढाडावन बस्ने अन्दाजी ५० वर्षीय जङ्गे भुलले राति १० बजेर ४० मिनेटको समयमा चलाएको गोली लागेर सोही ठाउँका अन्दाजी १९ वर्षीया तपेश लुहारको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

तपेशको टाउकोमा गोली लागेको थियो । स्थानीय सलामीढाडा सामुदायिक वन नजिकै गगने भाट र पुने भाटको खेतको किनारमा जङ्गे भुलले एक नाले भरुवा बन्दुक चलाउँदा गोली तपेशलाई लागेको जनाइएको छ ।

घटना भए लगत्तै इलाका प्रहरी चौकी आदर्शका प्रमुख प्रहरी नायव निरिक्षक धर्मानन्द जोशी नेतृत्वको टोलीले गोली चलाउने व्यक्ति र बन्दुक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।