पोखरा, साउन २२ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित गन्डकी प्रदेशका मुख्यमन्त्री र पर्यटनमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । फेवातालको मुद्दामा सर्वोच्चले यसअघि गरेको आदेश कार्यान्वयनमा कसैले पनि आफ्नो दायित्व निर्वाह नगरेको भन्दै अधिवक्ता खगेन्द्र सुवेदीले मंगलबार अवहेलनाको मुद्दा दायर गरेका हुन् । अधिवक्ता सुवेदीले प्रधानमन्त्री ओलीसहित गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र…