काठमाडौं, कात्तिक १८ । उपराष्ट्रपति नन्दबहादुर पुनले आइतबार दिउँसो निधन भएका पूर्वमन्त्री एवं वरिष्ठ मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । आइतबार साँझ लाजिम्पाटस्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्व. तुलाधारको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि व्यक्त गरे । उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्तसमेत गरे । ‘मैले उहाँलाई अस्पतालमा गएर भेटेको थिएँ । आज यस्तो होला…