काठमाडौं, कात्तिक ४ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनैपनि देशको दबाब र प्रभावमा नरहेको स्पस्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार सम्पन्न म्यानमार गणतन्त्र संघको राजकीय भ्रमणका सम्बन्धमा जानकारी दिन सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सन्चारकर्मीसँगको भेटमा उनले नेपालमाथि कुनैपनि विषयमा कुनैपनि देशले दबाब नदिएको बताए…