कन्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा सडक अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउन सुरु गरिएको छ ।
सडक डिभिजन कार्यालयल कञ्चनपुर, भीमदत्त नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउन सुरु गरेको हो ।
पटक पटक सूचना जारी गर्दा समेत अवैध रुपमा निमार्ण गरिएको संरचना नहटाएपछि स्थानीय तहसँग समन्वय गरिहटाउने सुरु गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुनकुमार बमले बताए ।
उनले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने सबै संरचना हटाइने बताए । सडक अतिक्रमण गरेर बनाइएको संरचनाका कारण सडक साघुँरो हुनुका साथै दुर्घटना समेत बढ्दै गएको उनको भनाई छ ।
सडकको केन्द्र बिन्दुबाट २५/२५ मिटर दायाँबायाँ सडक क्षेत्रमा पर्ने हुँदा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम सडक क्षेत्रभित्र कुनै संरचना तथा सडक अवरुद्ध पार्ने गरी अनाधिकृत रुपमा सडक कब्जा गर्न नहुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्