गृष्मा राजभण्डारी (इमेज) काठमाडौं, मंसिर १२ । यही मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना हुने ‘एसिया प्यासिफिक सम्मेलन’को तयारी लगभग पूरा भएको छ । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा हुन लागेको सम्मेलन वर्तमान समयका चुनौतीहरुमाथि सम्बोधन गर्दै आत्मनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य–मान्यताको विषयमा केन्द्रित हुनेछ । युनिभर्सल पिस फेडेरेसनले सरकार, नागरिक समाज, निजी क्षेत्रका…